Posts

Showing posts from April, 2018

बालुवाटारबाट बामपन्थीलाई आयो खुसीको खबर, एकता कहिले ?

Image
काठमाडौं, ३ वैशाख । बामपन्थी एकीकरणको विषयमा अन्योलता छाएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारबाट बामपन्थीका लागि खुशीको खबर आएको छ । सिन्धुपाल्चोकको सुकुटेबाट सिधै बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच अढाई घन्टा वार्ता भएपछि एकीकरण ९ वैशाखमै गर्नका लागि एकता संयोजन समितिको वैठक मंगलबार विहान बस्ने निर्णय भएको छ । प्रचण्ड र ओलीबीच एकीकरणका प्राविधिक कुरामा सहमति भएपछि संयोजन समितिमा कार्यदलले राखेको एकीकरणका प्रस्तावमा छलफल हुनेछ । प्रचण्ड–ओली छलफलमा दुवै पार्टीको सम्मानजनक एकतामा सहमति भएको छ । संख्या र पदमा भन्दा पनि दुई अध्यक्षको कार्याधिकारका विषयमा कुरा अड्कीएको थियो । त्यसको समाधानका लागि कार्यदलले दुवै अध्यक्षलाई वरिष्ठ हुने व्यवस्थाअनुसार अध्यक्षतालाई प्राथमिकता प्रस्तावमा तोकेको छ । ‘भोली बस्ने बैठकमा ९ गते नै पार्टी एकीकरणको घोषणाको तयारी पनि हुनेछ । चित्त नबुझेका कुरामा बृहत छलफल हुनेछ । दुई अध्यक्षबीच भएको सहमतिका आधारमा निर्णय हुनेछ’, बालुवाटार स्रोतले भन्यो । गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा