आमा



भजन तिम्रै , किर्तन तिम्रै अरु संगित गाईन आमा
तिमी पुराण तिमी गिता अरु सपथ खाईन आमा

तिमी दुर्गा तिमी लक्ष्मी सरस्वती तिमी मेरै
ढुंगा पुज्न थाली बोकी कुनै मन्दिर धाईन आमा

तिमीले दे'को आशिर्वाद काफी हुन्छ मेरा निम्ति
भाग्य जोड्न कुनै बुटी पत्थर मुगा लाईन आमा

विधाताले खेल खेल्यो , भौंतारिन्छु अरब तिर
बुढेसकालमा साथ दिन , तिम्रो छेउमा आईन आमा

छोरो सम्झी एकान्तमा भक्कानिंदा , निचोरिँदा
न'रौ भन्दाइ तिम्रा आँसु पुछ््न आउन पाइन आमा

Comments

Popular posts from this blog

सेनाको कथा

सिसा त टुटेर आफ्नो पीडा सबैको सामुन्य देखाइ दिन्छ,पीडा त बढी त्यो ढुङ्गालाई हुन्छ जो चाहेर पनि टुट्न सक्दैन।

but we will make sure our original group provides more value !